이 공식 응용 프로그램입니다. 당신은 सिम्ता 관련된 모든 세부 사항을 찾을 수 있습니다 गाउँपालिका

최신 버전

버전
업데이트
2018. 7. 21.
개발자
카테고리
설치 수
100+

App APKs

Simta Gaupalika APP

सुर्खेत जिल्लाको पूर्वि उत्तर क्षेत्रमा पर्ने सिम्ता गाउँपालिका साबिकको घोरेटा,काफलकोट,आग्रिगाउँ,बजेडिचौर,राकम,काप्रिचौर,डाँडाखाली र खानीखोला गरी आठवटा गाउँ बिकास समिति मिलेर बनेको गाउँपालिका हो। सिम्ता गाउँपालिकालाई नौबटा वडामा बिभाजन गरिएको छ। पुरानो घोरेटा गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं १ कायम गरिएको छ। काफलकोट गाउँ विकास समितिका १ देखि ९ वडाहरुलाई सिम्ता गाउँपालिकाको वडा नं २ र आग्रिगाउँ गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ३ कायम गरिएको छ। त्यसैगरी बजेडिचौर गाउँ विकास समितिका वडा नं ५ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ४ र वडा नं १ देखि ४ लाई सिम्ता गाउँपालिकाको वडा नं ५ कायम गरियको छ। राकम गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ६ र काप्रिचौर गाउँ बिकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ७, डाँडाखाली गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ८ र खानीखोला गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ९ कायम गरिइको छ । यस गाउँपालिकाको केन्द्र साबिक बजेडिचौर गाउँ बिकास समितिको कार्यालयलाई कायम गरिइको छ । जिल्ला सदरमुकाम वीरेन्द्रनगर देखि १९ कोष पूर्वमा अवस्थित यो गाउँपालिका जिल्लाको निर्वाचन क्षेत्र नं १ मा पर्दछ । तुलानात्मक रुपमा उत्तर दक्षिण फैलिएको गोलो आकृती भएको यो गाउँपालिकाको अक्षांश २८ ६४' उत्तर सम्म र देशान्नतर ८१ ८६' पूर्व सम्म फैलिएको छ । सिम्ता गाउँपालिकाका अधिकांश खेतियोग्य जमिनहरु आकाशे पानीमा आधारित छन । सिंचाईको प्रयाप्तता छैन । यस गाउँपालिकाको जनसंख्या २०६८ सालको जनगणना अनुसार २५,८४५ रहेको छ ।
자세히 알아보기

광고